“बिक्की” स्वतन्त्र तर्फ बाट वडाध्यक्षमा उठ्ने

तुलसीपुर,२४ चैत्र ।
बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा यूवाहरुको आकांक्षी बढेको देखिएको छ । यसैक्रममा पछिल्लो समय सवै यूबाहरुको माझमा लोकप्रिय भएका यूवा बिवेक सिंह ठकुरीले पनि आफु आकांक्षि भएको बताएका छन । उनीे तुलसीपुर उप महानगरपालिका वडा नम्बर ११ मा स्वतन्त्र तर्फबाट वडाध्यक्षमा उठ्ने संकेत गरेका छन । अहिलेसम्म कुनै पार्टिमा सक्रिय भएर नलागेको बताउदै अव स्वतन्त्र भएर चिनिने उनले बताएका छन । हरेक पार्टिमा स्वार्थपन मात्रै देखेको भन्दै आफु स्वतन्त्र तर्फबाट उठ्ने सोच बनाएको उनले तुलसीपुर खवर लाई बताए । “हरेक मान्छेले प्रयोग गर्छन तर यस्ता अवसर कसैले दिदैनन त्यसैले आफु यो निर्णयमा पुगेको हु” उनले भने । साथै आवस्यक सहयोगका लागि उनले वडाबासिहरुमा समेत आग्रह गरेका छन । उनि वेलटाकुरा निवासि हुन ।

प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया