तुलसीपुर, २ फागुण । ५ नम्वर प्रदेश सरकार स्थापना भएको दिवसको अवसरमा दाङको घोराहीमा विहिवार रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । ५ नम्वर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना एवं स्वास्थ्य कार्यालय दाङको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी दाङको प्राविधिकको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रकास कुमार योगी अध्यक्षतामा भएको कार्यक्रममा ७ जनाले रक्तदान गरेका थिए ।
जसमा नरेस शर्मा र गोपी चौधरी लगाएतले रक्तदान गरेका हुन् ।कार्यक्रममा बोल्ने बक्ताहरुले स्थायी राजधानी दाङमा हुनुपर्ने बताएका छन् । सो अवसरमा स्वास्थ्य कार्यालयका शाखा अधिकृत मिनराज पाण्डे, हेल्थ अधिकृत कुन्डन ठाकुर, ब्लड बैंकका ईन्चार्ज दिलिप न्यौपाने र घोराही उपमहानगरपालिका नरेस शर्मा लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य समितिका सदस्य विमल केसीले गरेका थिए ।