रुन्टीगढिमा करार शिक्षकहरुको गाउँपालिका स्तरिय संर्घष समिति गठन

होलेरी , २५ माघ । रोल्पाको रुन्टीगढि गाउँपालिका अन्र्तगत छुट् अस्थायी करार शिक्षकहरुको भेला शुक्रवार होलेरीमा सम्पन्न भएको छ । भेलाले अमर बहादुर थापाको अध्यक्षतामा गाउँपालिका स्तरिय संर्घष समिति गठन गरेको छ । जसको उपाध्यक्षमा भुपेन्द्र घर्ति र विमला पुन , सचिवमा मन्जु खत्री,कोषााध्यक्षमा भरतमणि खड्का, सहसचिवमा बसन्त हमाल, सहकोषाध्यक्षमा मिना थापा रहेका छन् । यस्तै सदस्यहरुमा बसन्ती राना, दिलमाया वली, लोक बहादुर वली, अमृता घर्ति, विमला बिक चयन भएका छन् भने प्रवक्तामा सेर बहादुर घर्ति रहेका छन् ।
विमला पुनको अध्यक्षता एवं नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष रिम बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
सो अवसरमा रुन्टीगढि गाउँपालिकाका अध्यक्ष रेशम बहादुर बुढाथोकी, करार शिक्षकका केन्द्रिय संस्थापक अध्यक्ष भरत केसी लगाएतले बोलेका थिए । साथै भेलाले केन्द्रिय प्रतिनिधिहरुमा भरत केसी र रेखा घर्ति तथा सल्लाहकारमा डिल्ली बहादुर वलीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रवार
प्रतिक्रिया