तुलसीपुर,२५ माघ ।
दाङमा बस र कार एक आपसमा ठोक्कीदा गम्भीर घाईते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीको श्वास्थ्यमा केहि सुधार देखिएको छ । कोहलपुर मेडिकल कलेजको भेण्टीलेटरमा राखेर उनको उपचार भैरहेको पत्रकार बालकृष्ण पाण्डेले जानकारी दिएका छन । अहिले चार जना चिकित्सकले उनको उपचार गरिरहेको बुझीएको छ । साँसद ओलीलाई छाती र पेटमा बढि चोट लागेको छ । उनलाई चिकित्सकको सल्लाह अनुसार अन्यत्र लग्ने तयारी भैरहेको उनले जानकारी दिएका छन ।
तुलसीपुर बाट बिरगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र बुटवलबाट तुलसीपुर तर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई बिहिवार पौने पाँच बजेतिर घोराही लमही सडक खण्ड अन्र्तगत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठोक्कीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लमहीले बताएको छ ।
दुर्घटनामा परि बसमा सवार रुकुम घर भएकी अन्दाजी २७ वर्षिया रमिता शर्माको ज्यान गएको प्रहरीले बताएको छ । बसका १२ यात्रु र कारमा सवार दुई जना गरि १४ जना घाईते छन ।