मुलुकभरको मौसम आज सफा रहने

तुलसीपुर,१४ पुस ।
काठमाडौँ उपत्यका सहित मुलुकभरको मौसम आज सामान्य तया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विद शुवास रिमालले बिहानी पख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिउँसो घाम लाग्नेछ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

हिजो यस वर्षकै सबैभन्दा कम १ दशमलव ४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो । मौसमविद रिमालले यसवर्ष न्यूनतम तापक्रम अझै घट्ने सक्ने सम्भावना रहेको जानकारी दिए तर माइनसमै झर्ने सम्भावना बारे अहिले नै भन्न नसकिने बताउनुभयो ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया