मुलुकभर दैनिक ६ सय २ स्थानमा नियमित चेकिङ

काठमाडौ ,१० पुस । मुलुकभर दैनिक ६ सय २ स्थानमा नियमित चेकिङ हुने गरेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै उनले यस्तो योजना सार्वजनिक गरेका हुन् ।खनालका अनुसार नियमित जाँचका लागि ३ हजार ४२ जना प्रहरी अधिकारी खटिएका छन् । त्यस्तै, पिकेट ड्यूटीमा ६ हजार ४ सय २ जना खटिएका छन् । सवारी गस्तीमा ४ हजार ४ सय ३ जना खटिने खनालको भनाइ छ ।

उनका अनुसार कार्यक्रम र निवासको सुरक्षामा १ हजार २ सय ५७ जना अधिकारी खटिन्छन् भने पीएसओ मात्रै १ सय ७९ जना खटिने गरेका छन् ।त्यस्तै, स्कटिङमा ५ सय ६३ जना खटिन्छन् भने महत्वपुर्ण प्रतिष्ठानको सुरक्षामा २ हजार ३ सय ४४ जना खटिने गरेका छन् ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया