जागरण नागरीक सचेतना केन्द्रको भवन निर्माण हुदै

लक्ष्मण विश्वकर्मा , तुलसीपुर २२ चैत्र
साविक तुलसीपुर नगरपालिका वडा नं. ४ मा रहेको जागरण नागरिक सचेतना केन्द्रका महिलाहरुले आर्थिक संकलन गरेर केन्द्रको आफनै भवन निर्माण गरेका छन् । केन्द्रको आन्तरिक रकम,नगरपालिका कार्यालय,विभिन्न टोल विकास संस्थाको सहयोगमा निर्माण गरीएको नवनिर्मीत भवनको उद्घाटन गरीएको छ । केन्द्रले आफनै नाममा जग्गा खरिद गरी करिव अढाई लाख लगानीमा एक कोठे पक्की भवन निर्माण गरेको छ । हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको केन्द्रको सोमवार एक कार्यक्रमको आयोजना गरी भवन उद्घाटन गरीएको थियो । केन्द्रका संयोजक शान्ती नेपाली र तुलसीपुर उपमहानगरपालिका कार्यालयका समाज कल्याण अधिकृत टोप बहादुर डाँगीले संयुक्त रुपमा भवनको उद्घाटन गर्नु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका कार्यालयको महिला लक्षित कार्यक्रम अन्र्तगतबाट रु एक लाख ,टोल विकास संस्थाबाट एक लाख पन्ध्र हजार,सारदा टोल विकास संस्थाबाट चार हजार पाँच सय,प्रगतिशिल स्ववलम्वन टोल विकास संस्थाबाट रु आठ सय,उन्निस हजार आठ सय र छिमेकी लघुवित्तबाट चार हजार आठ सय गरी जम्मा दुई लाख पचास हजारको लगानीमा भवन निर्माण गरीएको छ । केन्द्रका संयोजक नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमा स्थानिय सासन तथा सामुदायिक विकास कार्यक्रम एल.जी.सी.डिपिका कार्यक्रम अधिकृत भिम बहादुर खत्रीले नागरिक सचेतना केन्द्रका श्रमिक महिलाहरुले अथक मेहेनत गरेर भवन निर्माण गरेको बताउनु भएको छ ।

अति विपन्न र पछाडी पारिएका महिलाहरुले आर्थिक संकलन गरी भवन निर्माण गर्नु राम्रो कुरा भएको प्रसंसा गर्नुभयो । उहाले साविक तुलसीपुर नगरपालिका अन्र्तगत करिव दुई दर्जन नागरिक सचेतना केन्द्र रहेको जानकारी दिदै पछाडी पारिएका समुदाय तथा महिलाहरुलाइृ शसक्तिकरण गरी आर्य आर्जन तथा क्षमता अभिबृद्धि सम्वन्धि विभिन्न कार्यक्रम सन्चालन हुदै आएको अधिकृत खत्रीले बताउनु भयो । सो अवसरमा महिला तथा वालसंरक्षण केन्द्रका अध्यक्ष नवराज लामीछाने, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, वडा नागरिक मन्चका पुर्व संयोजक लक्ष्मण केसी, वडा नागरिक मन्च नगर स्तरिय समन्वय समितिका अध्यक्ष नोखी रावत ,साविक वडा नं. ४ का वडा नागरिक मन्चका संयोजक रुद्र वली, सामाजिक परिचालक नानी मैया वली, टोल विकास संस्थाका लालमति सुनार ,पवित्रा नेपाली,भवन निर्माण समितिका कोषाध्यक्ष दिपा वली लगाएतले वोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७३ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया