तुलसीपुर,७ पुस ।
दाङको तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या २२ पुगेको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन । ज्यान जाने मध्ये ५ जनाको मात्रै सनाखत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन ।
अहिले सम्म घोराही ३ निवासि बस चालक बर्ष ३२ का मदन केसी , घोराही १७ निवासि शिक्षक २८ का प्रदीप घिमेरी , दंगिशरण १ निवासि बर्ष ३० का सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउपालीका ६ निवासि बर्ष २८ का शिक्षक नरेश वली र घोराही १४ निवासि बर्ष १४ का विजय जिएमको मात्रै सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन । घाईते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन ।
सल्यान कपुरकोटको बनस्पति उद्यान केन्द्र अवलोकन पछि फर्किएको घोराहीको कृष्णसेन इच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयको बस सडकबाट ६,७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बसमा ३२ जना विद्यार्थी ३ जना गाडिका कर्मचारी र २ जना शिक्षक रहेका थिए । २२ जनाको शव अहिले अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।