भारतबाट नेपाल असुरक्षित छ : एमाले नेतृ  साक्य

तुलसीपुर २१ चैत्र /नेकपा एमालेका केन्द्रिय सदस्य सुजिता साक्यले भारतबाट नेपाल असुरक्षित रहेको बताएकि छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १८ को संयुक्त वडा भेलालाई सोमबार हेमन्तपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । केहि समय अघि नेपाली भूमिमा भारतिय सुरक्षाकर्मीको गोलीबाट नेपालीको हत्या हुनुले यसलाई पुष्टि गरेको वताइन् । अहिले पनि भारतिय पक्षले ३६ हजार हेक्टर नेपाली भुमि अतिक्रमण गरेको भन्दै राष्टिय सुरक्षाको लागि एमाले सजग र सचेत रहेको बताइन् । मधेसी मोर्चा मार्फत हिन्दी भाषा र अंगिकृत नागरिकताको विषयमा विवाद सृजना गरेर तराइ भूमिलाई टुक्रयाउन खोजेको समेत उनको दावी छ ।
त्यसैगरी कार्यक्रममा सहकारी तथा गरिबी निवारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डेले आगामी निर्वाचनमा मतपरिनाम आफनो पक्षमा पार्न कुशलढंगले जनताको घरदैलोमा पुगेर मतदानको बारेमा प्रशिक्षित गर्नु पर्ने बताए । विगतका निर्वाचनमा अधिकांस भोटहरु बदर भएको भन्दै अव भोट खेरजान नदिन एक जनालाई कम्तिमा पनि पाँच मिनेट समय दिएर सिकाउन आग्रह गरे ।
सो अवसरमा एमाले पूर्व केन्द्रिय सल्लाहार समितिका सदस्य छविलाल वली, तुलसीपुर उपमहानगरपालिका इन्चार्ज देवराज विक, नगरकमिटी सचिव माधव वली, पूर्व विजौरी गाउँकमिटी अध्यक्ष डिल्ली पुन, शिक्षाविभाग प्रमुख शेरबहादुर खड्का, पूर्व विजौरी गाविस उपाध्यक्ष केशव पोख्रेल, पूर्व जिल्ला सल्लाहाकार कमिटी सदस्य धर्मबहादुर वैरागी , नेपाल राष्टिय शिक्षक संगठन दाङका डिल्ली भण्डारी, विजौरी उद्योगबाणीज्य संघका अध्यक्ष मुकेस वली, नरबहादुर ढकाल लगाएतले बोलेका थिए । वडाकमिटीका संयोजक चित्रा धिताको अध्यक्षतामा भएको भेलाको सहजीकरण कमान सिंह खड्काले गरका थिए ।

प्रकाशित मिति : २०७३ चैत्र २१ गते सोमवार
प्रतिक्रिया