फेला परेको झोला सम्वन्धित व्यक्तिलाई प्रहरीले जिम्मा लगायो

तुलसीपुर, १ पौष । जिल्ला प्रहरी कार्यालय दाङले फेला पारेको झोला सम्वन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । गत मंसीर २८ गते रा १ ह २८५९ नम्वरको अटोरिक्सामा छुटेको झोला र सामान सहित घोराहीको विपि चोकमा प्रहरीले फेला पारेको थियो । उक्त समान रोल्पाका इन्दु भुषाल र युवराज सुबेदी को हो भनि पुष्टि भएपछि उनका आफन्ती घोराही उपमहानगरपालिका वडा नम्वर १५ की ५२ बर्षिय भगवती भुषाललाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद घर्तिमगरले जानकारी दिएका छन् । उनीहरुले रोल्पाबाट बाट घोराही आउदै गर्दा अटोरिक्सामा झोला छुटेको बताएका छन् । बेवारिसे समान फेला परेपछि व्यापक प्रचारप्रसार गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ पुष १ गते आइतवार
प्रतिक्रिया