तुलसीपुर २८ मंसिर
तुलसीपुरमा भिषण आगलागि हुँदा एक करोड बढिको क्षेति भएको छ । भिम प्रकाश घिमिरेको जुत्ता पसलमा आगलागि हुँदा लाखौं मुल्यका जुत्ता, सरसामान जलेर नष्ट भएको चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले जानकारी दिनुभयो । विहान करिब साढे पाँच बजे लागेको आगो निभाउन हरेक प्रयास गरेपनि नियन्त्रणमा आउन सकेको छैन् । स्थानीयले घरघरबाट बाल्टीनमा पानी लग्दै आगो निभाउने प्रयास गरिहेका छन् । भूइतलामा लागेको आगो माथिल्लो तलामा पनि सल्कीसकेको छ ।आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिको दमकल, जनपथ प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले भरपुर प्रयास गरिरहेका छन् । जुत्ता भने सबै जलेर खाग भइसेकाछन् । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रमुख अशोक न्यौपानेले जानकारी दिनुभयो ।
भिडियोको लागि तल क्लिक गर्नुहोस ।