तुलसीपुर,२१ मंसीर ।
नेपाल निवृत्त राष्ट्रसेवक समाज तुलसीपुर दाङको चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा मंसिर २२ गते हुने भएको छ । समाजका अध्यक्ष जय पृथ्वी बहादुर शाह एवम् सचिव निमकान्त ढकालले आज एक विज्ञप्ती जारी गरी बृद्ध सेवा समितिको भवनमा कार्यक्रम गरिने जनाएका छन् ।
तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले शनिबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्ती मार्फत सो कार्यक्रममा उपस्थितिका लागी समाजका सम्पुर्ण सदस्यहरु, शुभचिन्तक, पत्रकार लगायत निवृत्त कर्मचारीहरुलाई अनुरोध समेत गरिएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिने समाजका सचिव निमकान्त ढकालले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार