२०८३ भाद्र २५ गते बिहिवार

कस्तो सपना देख्न पुगेछु , आफै मरेको

★ पुरुषोत्तम अधिकारी★
संस्कारको चेपमा परेकाहरु विधी र विधानको रटानमा परेका म र मेरो संस्कार भित्रका मान्छेहरु जलाउने निधो गर्दै गरेका (कर्मकाण्डको श्वलोक अथ्र्याएर) नजिकका मित्र,छिमेकी मुस्लीम परम्पराको पवित्रता अनुसार गाड्न सुझाउँदै गरेका (कुरानको आयात रटाएर) इसाइ साथीहरु कोही मसीनमा जलाउने त कोही गाड्ने विचमा मतभेद भैरहेको (वाइवलका अध्याय संझिएर) मतभेदकै विच कोही त्यसै एक अर्का विच जाइलाग्न तम्तयार थिए मेरो लास त्यही मानविय साङलो विचमै थियो साङलो चुँडियो अव एक एकले मलाई कुल्चदै गए सामान्यबाट असामान्य बन्यो त्यो स्थान जहाँ म ढलेको थिएँ सबै एक अर्कालाई घिचोटा घिचोट थिचोरा थिचोर गरिरहे अन्त्यमा सबै साम्य भयो कोही थिएन वोल्नलाई सबै लम्बेतान थिए त्यो ठाउँमा जल्ने वा गाडिने बाहेक जलाउने वा गाड्ने कोही थिएन म धेरै लासहरुले खाँदिएको थिएँ कोही जन्मदा रुने यो प्रकृतीका मानव कोही मर्दा रुने कोही चिल गिद्धलाई खुवाउने, कोही घरको भित्तै फुटाउने, अनि कोहि थाकथलो छोड्ने, विविधता भित्रको एकतालाई आत्मसाथ नगरेर सबै मेरै सामु मुढे वलले मुर्छित थिए यहि मुढताकै कारण म न जल्न पुगे न गाडिन, न हाँस्ने मान्छे देँखे न रुने मान्छे एक्कासी मोवाइलको घण्टी बजेपछि कान खुल्यो आँखा उघ्रिए हातले टाउको छामे, गाला छामे, म त जिउँदै रहेछु संझिएँ हाइटी भुकम्पको चेपले अझैँ फिजिन नपाएको अल्पविकसीतमा दरिएको संझिएँ रुवाण्डा नाइजेरिया,गृह युद्धमा छिया छिया भएको भोकमारीले,कुपोषणले जिउँदै मान्छेलाई चिल गिद्धले लुछ्दै गरेको संझिएँ इराक,इरान,अफगानस्तान,सिरिया तानातानमै कोहि यता कोहि उता तानिएका कोहि सेनाको,कोही जातीवादीकोे,कोही धर्मवादीको,कोही उग्रवादीको सिकन्जामा परि मरेका बाँच्नलाई युरोपतिर भागेकाहरु कोही भुमध्येसागरमा,कोहि लाल सागरमा डुवि मरेका फेरी संझिएँ आफ्नै भेगको द्धन्दकाल जहाँ हजारौँले ज्यान गुमाए कति टुहुरा भए ,कति अपाङ्ग भए,कति विधुवा भए,कति विदुर भए अनि फेरी संझिएँ मेरी हजुरआमा त्यो द्धन्दका समय गाउँ नाइकेहरुलाई खाना बनाउन लुग–लुग कापिरहेको, त्यो भय अरुको होइन मृत्युको थियो । भुकम्पको प्रताडनामा १४ जिल्लाका ८ हजार वढि मान्छे र कैयौँ एतिहासीक सांस्कृतीक धरोहरले जमिन छोए बाँचेकाहरु यहि भय संझिरहेका छन हो कोही घृणित कार्य गरि कोही केहि नगरी कोही पासोमा कोही हाँसोमा अनि कोहि आँसुमा परि मरिरहेछ । तेरो मुखमा पुगेको त मरेरै छाड्ने छ त्यसैले साँच्ची मृत्यु त मर्नेका लागि होइन बाँच्नेका लागि भयानक छस । होइन मैले यो कस्तो सपना देख्न पुगेछु आफै मरेको ।
 
प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।