तुलसीपुरमा जलेर मजदुरको ज्यान गयो

तुलसीपुर २४ कात्तिक
दाङको टरीगाउँमा एक घरमा आगलागी हुँदा एक मजरदुरको जलेर मृत्यु भएको छ । तुलसीपुर १२ टरीगाउँ निवासी रामप्रसाद पौडेलको कच्चि घरमा एक्कासी आगलागी हुँदा सुनसरी घर भएका युवकको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिनुभयो । प्रहरीका अनुसार घरमा गएराति साढे ११ बजे विद्युत सर्ट भएर आगलागि भएको थियो । मृतकले केहि सयम यता देखि कुवामा राख्ने रिङ पार्दै आएका थिए । करिब ३५÷३७ बर्षका देखिने ती युवकले मादकपदार्थ सेवन गर्ने गरेका कारण भाग्न नसकेको प्रहरीले बताएको छ । मृतको सनाखत अझै हुन सकेको छैन ।

प्रकाशित मिति : २०७५ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया