बृहत कृषि तथा खाद्य मेला मार्तडीमा समापन

बाजुरा, १८

बृहत कृषि तथा खाद्य मेला २०७३ मार्तडीमा सकिएको छ । जिल्ला स्थित नौ वटै स्थानीय तहका अगुवा किसानहरुको सहभागिता रहेको २ दिने कृषि तथा खाद्य मेलाको क्षेत्रीय कृषि निर्देशक नरहरी प्रसाद घिमिरेले औपचारिक समापन गरेका हुन् । स्थानीय तहको स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा किसानहरुको आकर्षण बढाउले लक्ष्य सहीत मेलाको आयोजना गरिएको थियो । स्थानीय रैथाने बालीको प्रवद्र्धन, तरकारी बालीको प्रदर्शनी र हेपीएका बालीको संरक्षणमा सघाउ पर्याउने लक्ष्य सहीत सञ्चान गरिएको हो । मेलाको अवसरमा विभिन्न स्थानको माटो परिक्षण सहीत हेपिएका बाली कोदो, फापर, कागुनो, जौ, उवा, मार्से लगायतका बालीबाट बनेका विभिन्न परिकारहरुको पनि प्रर्दशनी गरिएको वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बताए ।

मेलामा तीन दर्जन बढी स्थानको माटो परिक्षण गरिएको छ । दर्जन बढी स्थानीय रैथाने बालीका परिकार बनाएर सरोकारवाला निकायलाई स्वाद चखाउने काम भएको छ । कृषि मेलामा ६३ जना कृषकहरुले आफूले उत्पादन गरेका कृषि उपज नै प्रर्दशन गरेका छन् । मध्यमखालको महोत्सव जस्तै भएको कृषि विकास कार्यालयले बताएको छ । कृषि क्षेत्रमा काम गर्ने आधा दर्जन गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । १२३ वटा विभिन्न प्रजातिका बालीहरु प्रर्दशनमा राखिएको मेलामा २ हजार बढीले अवलोकन गरेका छन् ।

प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया