लक्ष्मण विश्वकर्मा,तुलसीपुर १८
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाको पहिलो भेला शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । कमिटिका अध्यक्ष भुव बहादुर केसीको अध्यक्षतामा भएको भेलाले नगर कमिटिको सचिवमा माधव वली र सहसचिव चित्र मल्ललाई चयन गरेको छ । बाँकी अन्य पदाधिकारी शनिवार पार्टी कार्यालय तुलसीपुरमा भेलाको आयोजना गरी चयन गर्ने बताइएको छ । सो भेलामा वोल्ने बक्ताहरुले दाङको सुन्दर भविस्यका लागी आगामी स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जिताउनु पर्ने बताएका छन् । सामाजिक सुरक्षा भत्ता,समाज र राष्टको विकास र जनताको हितमा काम गर्ने पाटी भनेको नेकपा एमाले भएकोले अव एमाले पार्टीलाई अत्याधिक बहुमतले जिताउनु पर्ने उनीहरुको जोड थियो ।
भेलालाई पार्टीका केन्द्रिय सल्लाहकार परिषदका निवर्तमान सदस्य शोभाराम बस्नेत लगाएतका नेताहरुले सम्वोधन गर्नु भएको थियो । सो अवसरमा वोल्दै सदस्य बस्नेतले विगतका कमजोरीलाई सुधार गदै पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने कुरामा जोड दिनु भयो । पार्टीका पुर्व मेची महाकाली राष्टिय अभियानले देशभर एमालेमय बनाएको भन्दै यस्तो अवस्थामा पनि चुनाव हारे पार्टीको हिले जित नहुने दावी समेत गर्नु भयो ।
त्यस्तैगरी कार्यक्रममा पार्टीका केनिद्रय सल्लाहकार छविलाल वली, लोकमणी आचार्य, नेकपा एमाले प्रदेश नम्बर पाँचका सदस्य टोपेन्द्र केसी, सहकारी तथा गरिबीनिबारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डे,जिल्लाका निवर्तमान अध्यक्ष जोग बहादुर राना ,उपाध्यक्ष हुकुम वस्नेत,सचिव हिराचन्द्र केसी,बामदेव खनाल,तुलसीपुर नगरका पुर्व मेयर ढुण्डीराज लामीछाने, तुलसीपुर उपमहानगरपालिकाका ईन्चार्ज देवराज विश्वकर्मा,सिमा न्यौपाने,स्कुल विभागका मनोहर बुढाथोकी ,जिल्ला सदस्य कृष्ण प्रसाद भुसाल लगाएतले दाङमा पार्टीलाई जिताउनका लागी एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो । साथै स्थानिय तहको निर्वाचनमा कसलाई कुन पदको लागी पार्टीले टिकट दिने भन्ने विषयमा भन्दा पनि कसरी पार्टीलाई जिताउन सकिन्छ भन्ने कुरामा जोड दिन आग्रह गरीएको थियो ।