स्थानिय निर्वाचनका लागि प्युठानमा एक सय ५१ वटा मतदान केन्द्र

प्युठान,१८
स्थानिय तहको निर्वाचनका लागि प्युठानमा एक सय ५१ वटा मतदान केन्द्रको टुंगो लागेको छ । संविधान सभाको निर्वाचनमा एक सय ४० वटा मतदान केन्द्र रहेकोमा स्थानिय तहको नयाँ संरचनासँगै बढाए एक सय ५१ वटा पु¥याईएको हो । भुगोल, इलाका र क्षेत्रलाइ मिलाउँदा ११ वटा मतदान केन्द्र बढाउन आवश्यक भएकाले जिल्लामा क्रियाशिल राजनितिक दलहरुको वैठकले एक सय ५१ वटा केन्द्र बनाउने निर्णय गरेको जिल्ला निर्वाचन अधिकृत कृण्ण बहादुर कुवँरले जानकारी दिनुभयो । स्थानिय तह पुनर्संरचना आयोगले प्युठानमा २ नगरपालिका र सात गाउँपालिका बनाएको छ । जिल्लामा मतदाताको सङख्या १ लाख ३१ हजार ३ सय ३८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७३ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया