मुख्यमन्त्री पोखरेलका कारण उनको परिवार ओझेलमा पर्यो : वली

तुलसीपुर ३० भदौ

प्रदेश सांसद उत्तर कुमार वलीले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलका कारण उनको परिवार ओझेलमा परेको बताउनुभएको छ । तुलसीपुरमा पत्रकारहरुसंग सक्षिप्त कुरा गर्दै वलीले यस्तो बताउनु भएको हो । पोख्रेलसंग नाता जोडिएकै कारण राजनीतिक क्षमता र दक्षता हुँदाहुदै पनि परिवार ओझेलामा पर्नु राम्रो कुरा नभएको टिप्पणी गरे । ‘देबी पोखरेल, मेनका पोखरेल, शिवकुमार आचार्य सक्षम र राजनीतिक दक्षता भएका व्यक्ति हुन्’ सांसद वलीले भन्नुभयो– ‘तर उनिहरुलाई शंकरलाई देखाएर काम गर्ने अवसर कहिल्यै दिइएन । यो राम्रो पक्ष होईन । राजनीतिक नेतृत्वले बुझन जरुरी छ ।’

५ नम्बर प्रदेश कार्यदलले दाङमा नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षका लागि शिवकुमार आचार्यलाई सिफारिस गरेपछि पार्टी भित्र देखिएको विवाद प्रति इंगित गर्दै सांसद वलीले बखेडा झिक्नुको कुनै तुक नरहेको बताउनुभयो । विगतमा जटिल परिस्थितीका बाजुत १२ औं महाधिवेसनमा टीकाराम खड्कालाई अवसर दिएकै कारण उहाँले क्षेमता प्रर्दशन गर्ने मौका पाएको भन्दै वलीले पार्टीले खड्काको उच्च मुल्याङ्कन गरेको बताउनुभयो ।

‘पार्टीको अध्यक्षमा दोह¥याएपछि मुल्याङ्का हुने नत्र नहुने भन्ने कुरा होईन’ वलीले भन्नुभयो – ‘अवसर अरुलाई पनि दिनुपर्छ ।’ अराजक र अराजकता गर्ने व्यक्तिको ठेक्का कसैले पनि लिन नसक्ने भन्दै उहाँले पार्टीको नीति विपरित अघि बढ्ने मान्छे सक्कीने चेतावनी दिनुभयो । सांसद वलीले भने ‘दुई चार जना मान्छे रिसाउँदैमा र जाँदैमा पार्टीलाई कुनै समस्या हुदैन । यो सागर हो । आउनेजाने क्रम निरन्तर चलिरहन्छ ।’ विधि र प्रकृयामा पार्टी अघि बढेमा शिवुकमार नै अध्यक्ष बन्ने वलीले ठोकुवा गर्नु भयो । विद्यार्थी संगठन, अनेरास्ववियुमा खड्का सहसचिव रहदा शिवकुमार सचिव भए पनि अवसर नपाएकै कारण पछि परेको बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७५ भाद्र ३० गते शनिवार
प्रतिक्रिया