दाङ, ११ साउन । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरमा एक वर्षको अवधिका ४० हजार ५४ जनाले उपचार सेवा लिएका छन् । उपचार सेवा लिनेमा पुरुष भन्दा महिला धेरै छन् । सेवा लिएका ४० हजार मध्य २६ हजार ५ सय १ जना महिला छन् ।
चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार ओपिडी सेवा २६ हजार ४ सय १० जनाले लिएका छन् । त्यसैगरी पञ्चकर्म अन्तर्गत कपिङ, फिजियो थेरापी, शिरोधारा, समेत ३ हजार ४ सय २६, ल्याव सेवा एक हजार ७ सय २६, जेष्ठ नागरिक सेवा १ हजार २ सय ३२, योग सेवा ९ सय १९, स्थनपायी सेवा एक सय ३१ र नागरिक आरोग्य सेवा मार्फत ६ हजार २ सय १० जनाले सेवा लिएका छन् ।
अस्पतालमा खास गरेर नसर्ने रोगका लागि निःशुल्क औषधि वितरण, सुत्केरी महिलाका लागि दुग्धवर्द्धक औषधि वितरण र जेष्ठ नागरिक स्वास्थ्य प्रवपर्द्धन कार्यक्रम बढि प्रभावकारी भएको वरिष्ठ कविराज समेत रहनु भएका सूचना अधिकारी डा. न्यौपानेले बताउनुभयो ।
बिरामीको चापले आयुर्वेद प्र्रति नागरिकको विश्वास बढ्दै गएको चिकित्सालयले जनाएको छ । पहिला पहिला धुलो औषधि भन्दै नागरिक प्रति वितृष्णा भएपनि पछिल्लो समय लामो समयसम्म उपचार गर्नुपर्ने, औषधि नियमित सेवन गर्नुपर्ने दिर्घरोगी, जेष्ठ नागरिक, ग्यास्ट्रिका बिरामहरुको संख्या बढन थालेको राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा. मदन कुमार विसीले बताउनुभयो ।
यसका लागि सरकारले सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नागरिकलाई घर आगनमै सेवा दिनका लागि र थप सेवा विस्तारका लागि पहल गरिरहेको डा. विसीले बताउनुभयो ।

