जसपा नेपाल दाङको निर्वाचित भरतलाल चौधरी निर्वाचित

दाङ, २५ बैशाख ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । दाङको गढवास्थित ग्रयाण्ड होटलमा मङ्गलबार आयोजित अधिवेशनबाट भरतलाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा उषा यादव, राधा चौधरी, सचिवमा सिताराम यादव, उप–सचिवमा देवीप्रसाद चौधरी, साधना यादव र कोषाध्यक्षमा पुनिसरा रोका मगर निर्वाचित भएको पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो ।

गत वर्ष जेठमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले वैशाख मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा समिति, पालिका समिति, जिल्ला समिति र प्रदेश समितको अधिवेशन सम्पन्न गर्ने गरि मातहत समितिलाई निर्देशन दिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया