
फाइल फोटो
सङ्खुवासभा, १५ बैशाख । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ को कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।
चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।।
प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार