आज २०५ औ भानु जयन्ती

दाङ,२९ असार ।  आज असार २९ गते । नेपाली भाषा साहित्यका आदिकवी भानुुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती । नेपाल र नेपाली भाषी भएका विश्वका बिभिन्न ठाँउमा विविध कार्यक्रमको आयोजना गरी भानुजयन्ती मनाईदै छ ।भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन पाठन र संस्कृतिको बिकास गर्न तथा सांस्कृतिक धार्मिक , सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले अगुवाका रुपमा लिने गरेको छ ।

बि.स १८७१ असार २९ गते तनँहुको चुँदि रम्घामा पिता धन्नजय र माता धर्मावतीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको थियो ।
आचार्यले ‘अध्यात्मानारायण’को भानुवाद गरि नेपाली समाजमा नेपाली मौलिक भाषा, साहित्य , धर्म, दर्शन र राष्ट्रियता वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोतर’१९१०, ‘भक्तमाला’ १९१० ‘वधुशिक्षा’ १९१९ ‘रामगीता’ १९२५ तथा दर्जनौ फटकर तथा साहित्य कृति पनी प्रकाशित छन् ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार
प्रतिक्रिया