
दाङ, ६ फागुन । शान्तिनगर गाउँपालिकाले लोगो सार्वजनिक गरेको छ । पालिकाको आज बसेको १७ औं गाउँसभाले प्रतिस्पर्धामा आएका ५ वटा लोगो मध्य शान्तिनगर गाउँपालिका–५ काँसीपुर निवासी विकास डाँगीले बनाएको लोगो अनुमोदन गरेपछि एक कार्यक्रममका बीच पालिकाले लोगो सार्वजनिक गरेको हो । यस अघि गाउँपालिकाको माघ २९ गते बसेको १० औ कार्यपालिका बैठकले गाउँसभामा लैजाने निर्णय गरेको थियो ।
गाउँपालिकाले आफ्नो लोगो बनाउनका लागि खुल्लारुपमा गत पुस १२ गते सार्वजनिक सूचना आव्हान गरेको थियो । छनोटमा परेको लोगोले २५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतिस्पर्धामा आएका ५ जनामध्ये डाँगीले बनाएको लोगो मंगलबार बसेको गाउँसभाले अनुमोदन गरेको पालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो ।
नयाँ लोगोमा स्थानीय भूगोल, संस्कृति, पर्यावरण र विकासलाई झल्काउने प्रतिकहरू समेटिएका छन् । लोगोमा तराई, पहाड, नदी, पशुपालन, कृषिजन्य गतिविधि तथा ग्रामीण विकासका पक्षहरूलाई समेट समेटिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । लोगो भएसंगै अब ब्याज र लेटरप्याडमा प्रयोग गरिने पालिकाले जनाएको छ ।