राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकोत्सव

सत्य, तथ्य समाचार लेख्नु पर्नेमा जोड

तुलसीपुर, ६ फागुण । राष्ट्रिय समाचार समितिले ६४ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विकासमूलक पत्रकारितामा राससको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम पनि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काकाले सामाजिक सञ्जालमा आउने विषयले पत्रकारिता क्षेत्रमा समस्या देखिएकाले यसलाई सच्याउनुपर्ने अवस्था आएको बताउनुभयो । समाचारका माध्यमबाट राज्यलाई सही मार्गनिर्देश गर्नुपर्ने उहाँको भनाइ थियो । नगरप्रमुख खड्काले सञ्चार माध्यममा विकासमूलक र स्थानीय विषयवस्तु राससले पछिल्लो समयमा विशेष महत्त्व दिएको पनि बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङको विकासमा एकिकृत बस्ती विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्लालाई औद्योगिक, शिक्षा, स्वास्थ्य, मनोरञ्जनको हव बनाउनु पर्ने बताउनुभयो । यसका लागि जिल्लाका पत्रकारहरुले यस्ता विषयबस्तुमा खोजी गर्न सुझाव दिनुु भयो । कार्यक्रममा पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस नगर सभापति सुरेश हमाल, नेकपा (एमाले) नगर अध्यक्ष रूपबहादुर खत्री, माओवादी केन्द्र नगर अध्यक्ष मोहन थापा मगर, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल लगायत, तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारी लगायतले सत्य तथ्य समाचार लेख्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय समाचार समिति तुलसीपुरका नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रासस तुलसीपुरका संवाददाता दिपक बोहोराले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया