
काठमाण्डौं,३० माघ । आज सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार