अटो दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

रोल्पा, २९ माघ । रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुण्टीगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षिय इन्द्र घर्ती रहेको प्रहरीले जानकारी दिएको छ । आज दिउँसो होलेरीबाट धारापानीतर्फ जाँदै गरेको रा १ ह ५४९१ नम्बरको अटो सुर्पाल–लिवाङ सडकखण्ड अन्तर्गत रुण्टीगढी गाउँपालिका–२ लामीडाँडामा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका–२ का ६२ वर्षिय मान बहादुर परियार, वडा नम्बर १ का ३८ वर्षिय मनराज नेपाली घाईते हुनुभएको छ । घाईते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया