घोराहीमा फागुन २ गतेदेखि व्यापारिक महोत्सव लगाउने तयारी,, महोत्सवका लागि वडा अध्यक्षहरुसंग छलफल

घोराही २२ माघ । छैठौँ कृषि पर्यटन तथा व्यापार महोत्सव २०८१ का बारेमा मंगलबार घोराही उपमहानगरपालिका भित्रका वडा अध्यक्षहरु संग छलफल भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक वसन्त जोशिको अध्यक्षतामा भएको थियो ।सो अवसरमा वडा अध्यक्षहरुले कानुनि प्रकृया पुरा नगरेका व्यवसायीलाई प्रोत्साहन नदिन सुझाव दिए । यसैगरी घोराही भित्रका पर्यटकिय स्थललाई डिजिटल बोर्ड मार्फत प्रदर्शन गर्न आग्रह गरे । उत्पादन प्रदर्शनिमा ल्याउने किसानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

संघले वडा अध्यक्षहरुलाई एक एक स्टल लिन आग्रह गरेको छ । त्यसमा वडाको पहिचान हुने उत्पादन राख्न भनेको छ । उक्त छलफलमा घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १३ का डुल्लुराम पोख्रेल, १७ का रामलौटन चौधरी, चारका मुनाल घिमिरे, तिनका रामप्रसाद चौधरी, दुईका चित्रबहादुर चौधरी, ६ का विष्णराम आचार्य लगाएत सुझाव दिनुभएको थियो ।

महोत्सवका जनसम्पर्क समन्वय उपसमिति संयोजक ऋषि पोख्रेले संयोजन गर्नुृभएको थियो । यसैगरी संघ संस्था समन्वय समितिका संयोजक हेमराज बन्जाडेको समन्वयमा संघ संस्था सित पनि छलफल भएको छ । संस्थाहरुले व्यानर सहित झाँकि जुलुसमा सहभागि हुने प्रतिवद्धता जनाउनुभएको छ । महोत्सव फागुन दुई देखि १८ गते सम्म घोराही १४ झिैगौरामा चल्ने छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया