
तुलसीपुर, १६ माघ । दाङको तुलसीपुरमा किसानका लागी भनेर छुट्याएको स्थानमा व्यापारीले सामान राखेको पाइएको छ । तुलसीपुरको तरकारी मण्डीमा रहको ओपन हाउसमा व्यापारीले तरकारी राखेर बिक्रिवितरण गरिहेका छन् । ५ बर्ष अगाडी तुलसीपुर उपमहानगरपालिकाले करोडौं रकम खर्च गरेर उक्त संरचना निर्माण गरेको थियो । उतीबेला बिहानको समयमा उक्त स्थानमा किसान आएर तरकारी विक्रि गर्ने भनिएपनि अहिले मनोमानी रुपमा समितिले व्यापारीलाई दिएर भाडाँ असुल्ने काम गरिरहेको छ । किसानले आफुले उत्पादन गरेको तरकारी तथा फलफुल सोही ठाउँमा बसेर बिक्रि गर्नका लागी छुट्याइएको थियो । तर, अहिले सो स्थानमा व्यापारीले अदुवालगाएतका बस्तु राखेर व्यापार गरिरहेका छन् । स्रोतका अनुसार किसान बस्ने ठाउँ तरकारी तथा फलफुल बजार व्यवसायी समितिले नै भाडाँमा व्यापारीलाई दिएको छ ।
यता तरकारी तथा फलफुल बजार समितिका अध्यक्ष माधव घिमिरेले भने उक्त स्थानमा किसान नआउने भएकाले व्यपारीलाई भाडाँमा दिएको बताउनुभयो । एकजना व्यापारीलाई मासिक १० हजार भाडा तिर्ने सर्तमा दिइएको भन्दै उहाँले किसान आएको अवस्थामा ठाउँ छोड्न लगाउने बताउनुभयो । बजारका चोक–चोक, गल्ली–गल्लीमा बसेर तरकारी तथा फलफुल पिक्रि गर्न पाएपछी किसान तरकारी मण्डीलाई नआउने गरेको उहाँको भनाई छ । यसका लागी सम्बन्धित निकाय (स्थानिय सरकार) ले आवश्यक कदम चाल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
यता तुलसीपुर उप–महानगरपालिका कृषी विकास शाखाले भने गैरजिम्मेवार प्रतिकृया दिएको छ । शाखा प्रमुख धनराज गौतमले यो बिषय आफुसँग सम्न्धित नरहेको भन्दै आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । नगरपालिका स्रोतका अनुसार रतकारी मण्डीको आवश्यक रेखदेख गर्ने जिम्मेवारी कृषी विकास शाखाकै हो । तर, आफु पञ्छिनलाई कृषी शाखा प्रमुखले गौतमले आफ्नो सरकारको बिषय नभएको बताएको हुनसक्ने नगरपालिका स्रोतले जनाएको छ ।।