देशभरको मौसम आंशिक बदली

काठमाण्डौ, २ माघ ।  पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली भएको छ । दाङकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार तराईका केही ठाउँमा अहिले हुस्सुरकुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ । अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने अनुमान छ ।।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया