स्वर्गद्धारी डेन्टल हस्पिटलमा जेष्ठ नागरिकको दाँत निकालेको पैसा नलाग्ने

तुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुरमा रहेको स्वर्गद्धारी डेन्टल हस्पिटलले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तीको दाँत निकालेको पैसा नलाग्ने जनाएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तीलाई कुनै समस्याका कारण दाँत झीक्नुपर्ने वा फाल्नु पर्ने भयो भने पैसा नलाग्ने हस्पिटलका संचालक तथा अर्थोडन्टिष्ट डा. निरञ्जन आचार्यले जानकारी दिनुभयो ।

एउटा दाँत निकाल्नका लागि एक हजार रुपैयाँ लाग्ने भएपनि २०७२ सालदेखि पैसा नलिएर जेष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तीको दाँत निकाल्दै आएको डा.आचार्यले बताउनुभयो । अहिलेसम्म १० हजार बढी जेष्ठ नागरिककको निशुल्क दाँत निकाली सकेको हस्पिटलले जानकारी दिएको छ । यसैबिच गरिब तथा विपन्न व्यक्तीलाई भने निशुल्क उपचार गरिने हस्पिटलले बताएको छ । यसका लागि वडाको सिफारिस आवश्यक पर्ने छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया