दंगीशरण–१ का महिला स्वास्थ्य स्वयंसेवीकाहरु सम्मानित

तुलसीपुर, १९ मंसिर । दाङको दंगीशरण गाउँपालिका–१ का महिला स्वास्थ्य स्वयंसेवीहरु सम्मानित भएका छन् । वडा कार्यालयको आयोजनामा एक कार्यक्रमकाबिच महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक सामाग्रीसहित सम्मान गरिएको हो । वडाअध्यक्ष रमेश भण्डारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा वडाले वडा भित्रका ६ जना स्वयंसेवीकाहरुलार्इ दोसल्ला, प्रमाणपत्र, झोला, छाता, दराज र परीचयपत्रसहित सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै पालिका अध्यक्ष गिरीले स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाले पुर्याएको योगदानको उच्च प्रसंशा गर्नुभयो । नेपालको बाल मृत्युदर, मातृ मृत्युदर समेत घटाउन महिला स्वयंसेवीकाको भुमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । यस्तै वडाअध्यक्ष भण्डारीले महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भुमिकाको उच्च कदर गर्दै सानो सम्मान तथा आवस्यक सामाग्री वितरणका लागि बजेट विनियोजन गरीएको जानकारी दिनुभयो । आधारभुत स्वास्थ्य केन्द्र रामपुरकी सिनियर अनमि सुन्धारा शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका प्रमुख दामोदर शर्माले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया