आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौं,२० मंसिर । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार चार सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया