तुलसीपुर,२० मंसिर । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ राणगाउँकी पार्वती बुढालाई न रातीमा निद्रा लाग्छ न त दिनमा भोक नै । खाने पानीको समस्या उस्तै, आफूहरु खाना खाँदा होस् या त लत्ताकपडा धोएर सुकाएको होस् धूलोले फेरी नधोए सरह भइहाल्छ । जंगलका घाँसपातजति सबै धूलोले ढाकिएका हुन्छन् । गाइवस्तुलाई के खुवाउने भन्ने पीर एकातिर छ । ‘दिन भरी काम गरेको थकान मेटाउने समय नै रात हो । आनन्दको सास फेर्न पाए हुन्थ्यो भन्ने आस हुन्छ तर स्काभेटर, ट्रिप्परको आवाज कानमै पर्छ । त्यसपछि निद्रा पनि भङग भैदिन्छ । जसोतसो दिन चलिरहेका छन् । सगरमाथा उद्योगले गरेको सम्झौता कार्यान्वयन गरिरहेको छैन, अर्को पीर । घरको आर्थिक अवस्था कमजोर छ अन्त जग्गा किनेर जाउँ त्यो पनि आर्थिक अवस्थाले सकिदैन । अव मेरो घरपरिवारको विकल्प के ?’
नेपालको स्वच्छ, सुन्दर रमणीय स्थान रोल्पा तर कतै चुनढुङगा उत्दन्नन्ले कति कुरुप बन्दै गएको छ । बाटोघाटो धूलैधूलो, सवारी साधनका आवाज, धुवाँ, ध्वनि प्रदुषण यसले पर्यावरणमा समेत पारिरहेको असरबारे कसले सोच्ने ? उहाँले प्रश्न गर्नुहुन्छ । विद्यालय जाँदा, फर्किदा विद्यार्थीहरुले धुलोका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता, विद्यालयका शिक्षण सिकाई क्रियाकलाप संचालन भैरहँदा ध्वनिको प्रभाव, गाइवस्तुलाई चरिचरणका लागि समस्यै समस्या कति हो कति ?’ उहाँले भन्नुभयो । राणागाउँकै ६० बर्षिय दिलसरा घर्तीलाई पनि उद्योगले जग्गा चाँडै किनिदिए हुन्थ्यो भन्ने लागिरहेको छ । आफ्नो जग्गासँग सटेका काका ठूलाबा को जग्गा बिकिसक्यो तर आफ्नो जग्गा नबिक्दा उहाँलाई चिन्ताले सताउँछ । ‘वरपरका जग्गा बिक्दा मेरो जग्गा किन विकेन त भन्ने चिन्ता लाग्छ, छोराहरुले हेदैनन् जग्गा बेचेर औषधीउपचार खर्च जुटाउन सजिलो हुन्थ्यो कि भन्ने आस छ, तर जग्गा बिक्दैन ।’ उहाँले भन्नुभयो ।
राणागाउँकै ढक प्रसाद घर्तीको जग्गा भने २०७६। ०७७ सालतिरै सिमेन्ट उद्योगले किनिसक्यो । जग्गा किनेपनि उहाँको परिवार त्यही घरजग्गामा बस्दै आउनु भएको छ । ‘१० वर्षसम्म जोतभोग गर्ने सहमतीमा रोपनीको एक लाख १० हजारमा किन्यो । मेरो त राम्रै भयो तर गाउँका अन्य छिमेकीको जग्गा नकिनेको भन्दै उहाँहरुको जग्गाा पनि किनिदिए समस्यामुक्त हुने थिए भन्ने अपेक्षा छ’ घर्तीले भन्नुभयो ।
किन हुँदै छ आन्दोलन ?
रानागाउँका करिव ६५ घरधुरीमध्ये १७ घरधुरीको जग्गा सगरमाथा सिमेन्ट उद्योगले किनिसकेको छ । बाँकी ४० घरधुरीको जग्गा किन्न बाँकी रहेको स्थानियले बताउँछन् । बाँकी घरधुरीका स्थानिय धुलो, धुवाँ, र ध्वनि प्रदूषणबाट आजित बनेको छन् । उद्योगले उत्खन्नन् सुरु हुनु भन्दा पहिले रानागाउँमा रहेका सबै जग्गा किन्ने आश्वाशन दिएको थियो । तर ती आश्वाशन पुरा नगरेको स्थानियको गुणासो छ । करिव ४÷५ वर्षदेखि आश्वासन मात्रै दिँदै आएको तर दिएका आश्वाशन पुरा नगरेको स्थानियले बताउँछन् । उद्योगले दिएको आश्वाशन र सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आन्दोलन गरिरहेको छन् । आफ्ना माग पुरा नहँुदासम्म शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहने संघर्ष समितिका संयोजक ओमराज घर्तीले बताउनुभयो । उत्खननका कारण पर्यावरणीय प्रदूषण तीव्र रूपमा बढेको भन्दै नागरिकले विभिन्न खाले समस्या भोग्नुपरेको छ । ‘स्थानीयले पटक–पटक उद्योगसँग सहमति पालना गर्न आग्रह गरे पनि कुनै चासो नदेखाएपछि संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएका हौँ,’ उहाँले भन्नुभयो– ‘खानी बन्द गनेर्् हाम्रो योजना होइन व्यवस्थित तरिकाले संचालन गर्न आग्रह गर्ने, नागरिकका स्वास्थ्य र वातावरणलाई ख्याल गरेर नियममा रहेर संचालन गर्नुस् भन्ने आग्रह हो ।’ स्थानीय बासिन्दाले उद्योगले सबै वस्ती खरिद गर्नुपर्ने, नागरिक र वातावरणलाई असर नपर्ने गरी उत्खन्नन् गर्ने कि त उत्खनन कार्य तत्काल रोक्नुपर्ने उहँँको भनाइ छ । कार्यालय, विद्यालय समय, रातीको समयमा उत्खन्नन्को काम नगरिदिए हुन्थ्यो भन्ने माग गर्दै आएका छन् ।
आइईई तथा ईआइए कहिले भएको थियो ?
कहिले गुणस्तरहीन सिमेन्ट उत्पादन त कहिले केही, समयसमयमा पटकपटक विवादित बन्दै आएको दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योग प्रा लिले रोल्पाको त्रिवेणी गाउँपालिका वडा नंबर ३ । ४ को राणागाउँबाट चुनढुङगा ल्याइरहेको छ । चुनढुङगा उत्खन्नन्का लागि २०७६ देखि प्रारम्भिक वातावरणीय परीक्षण –आइईई) तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गरीएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाण्डौँ, जिल्ला समन्वय समिति रोल्पा, जिल्ला डिभिजन वन कार्यालय रोल्पा, त्रिवेणी गाउँपालिका रोल्पालाई बोधार्थ राखी उद्योग र स्थानियविच विभिन्न सम्झौता भएका थिए ।
चुनढुङगा उत्खन्नन्बारे उद्योगले के भन्छ ?
सगरमाथा सिमेन्ट उद्योगले १५ सय रोपनी जग्गा पहिले नै किनिसकेको उद्योगका प्रतिनिधि प्रेम बहादुर पुनले बताउनु भयो । रोप्लामा रहेका २ वटा खानीसँग दिनको १२।१२ सय उत्खन्नन् गर्ने सहमती भएको थियो । सोही सहमती अनुसार दैनिक ५ सय देखि ९ सय सम्म मात्रै उत्खन्ननेको काम गर्दै आएको उहाँको भनाइ छ । उत्खन्नन् गर्ने क्षेत्र भन्दा बाहिरका स्थानियले राजनितिक आडमा संघर्ष समिति नै बनाएर उद्योगलाई जग्गा किनाउने पक्षमा लागेको उहाँले बताउनु भयो। तर स्थानियले जति संघर्षका कार्यक्रम गरेपनि उद्योगले उत्खन्नन् क्षेत्र भन्दा बाहिरको जग्गा नकिन्ने उहाँको भनाइ छ ।
तोकिएको क्षेत्रको जग्गा किनिसकेको र अव केही स्थानियको जग्गा खरिदका लागि बयाना बुझाइसकेकोले उनीहरुको जग्गा मात्रै किन्ने बताउनु भयो । ‘बयाना बुझाइसकेको जग्गा रोपनीको हिसावले क्रमशः किन्ने छौँ, तर अन्य जग्गा भने आफ्नो क्षेत्रभित्र बाहेकका किन्दैनौँ, उहाँले भन्नुभयो । स्थानियले संघर्ष समिति बनाएर आन्दोलन गरिरहेको भन्दै यो आन्दोलन छलफल तथा वार्ताकै माध्यमबाट टुङगोमा पु¥याउने पक्षमा आफूहरु लागेको उहाँको भनाइ छ ।
सम्झौता विपरित खुला रुपमा भइरहेको चुन ढुङगा उत्खन्नन्ले नागरिक र वातावरण दुवैलाई प्रत्यक्ष असर भने पुगिरहेको छ । यी दुवै कुरालाई मभ्यनजर गरेर उत्खन्न्को कार्यलाई निरन्तरता दिन जरुरी पनि छ । रोल्पा चुन ढुंगा उत्खन्नन् को समस्या आन्दोलनबाट होइन छलफल, वार्ता र संवाद मार्फत मात्रै समाधान गर्न सकिने देखिन्छ । त्यस कारण स्थानिय, सिमेन्ट उद्योग र सम्बन्धित सरोकारवाला निकायको वार्ता सहमती मार्फत समस्या समाधान गर्नु पर्ने छ ।।