डेङ्गीका कारण एकैदिन १० जनाको मृत्यु

काठमाण्डौ, १९ कात्तिक । बङ्गलादेशमा डेङ्गीका कारण अस्ति शनिवार एकैदिन १० जनाको मृत्यु भएको छ । यो वर्ष डेङ्गीका कारण एक दिनमा ज्यान गुमाउनेको सङ्ख्या यो सबैभन्दा धेरै हो । योसँगै अहिलेसम्म सङ्क्रमित भएर ज्यान गुमाउनेको सङ्ख्या तीन सय १० जना पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीबाट सङ्क्रमित भएको छ । यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार एक सय ६५ जना पुगेको बङ्गलादेशको सरकारी तथ्याङ्कले देखाएको छ ।।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया