दाङमा चार सय १६ जना डेङी सङ्क्रमित, सबभन्दा धेरै तुलसीपुरमा 

दाङ, मनसुन सकिएपनि दाङमा डेङी रोगको सङ्क्रमण रोकिएको छैन । अहिले दसवटै स्थानीय तहमा डेङी फैलिएको स्वास्थ कार्यालय दाङ्ले जनाएको छ । रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५ सम्म दाङमा ४ सय १६ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिका  १७१, घोराहीमा १४६, लमही नगरपालिकामा ४८, शान्तिनगर गाउँपालिकामा १७, बबई गाउँपालिकामा १६, राप्ती गाउँपालिकामा १२, दङगिशरण गाउँपालिकामा १०,गढवा गाउँपालिकामा ६ , राजपुर गाउपालिका र बङ्गलाचुली गाउँपालिकामा ४/४ जना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेङी फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । यो अवधिमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा १३३ जनाले उपचार सेवा लिएका छन् । 

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया