अर्घाखाँची,२८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि र पशुपालनमैत्री नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ । अर्घाखाँची दघुग्ध उद्योगको सोमबार अवलोकनको क्रममा किसानहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादीत दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनलाई समेटनेगरी प्रदेश सरकारले सहजीकरण गर्ने बताउनु भएको हो ।
‘समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं । जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ । विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिनेगरी कार्यक्रम बनाउन सकिन्छ’उहाँले भन्नुभयो,‘त्यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पु¥याउछौं ।’ यसका साथै खुला सिमानाबाट अवैध रुपमा भित्रिने दूध र दुग्धजन्य पदार्थमा कडाई गरिएको जानकारी दिनुभयो । किसानहरुको गुनासोको आधारमा प्रदेश सरकारले सिमा क्षेत्रमा कडाई गरेको र अहिले स्थानीय उत्पादित दूध र दुग्धजन्य पदार्थको विक्रिवितरणको वातावरण सहज बन्दै गएको बताउनु भएको हो ।
दुग्ध जन्य पदार्थमा विविधरण गर्दा बटर, घ्यू, खुवा्कुराउनी, गुलाबजामुन, कालाजामुन, लालमोहन, बर्फी, पुष्टकारी, गुदपाक, रसवरी, दही, मोही, लस्सी, चीज, छुर्पि, पनिर, आईसक्रिम लगायत उत्पादन हुने र जसबाट दुधको बजारीकरणमा सहजता आउने देखिएको हो । यस्तै स्वच्छ दूध उत्पादन, दूध संकलन र चिस्यान, दुग्ध उद्योगको स्थापना, दूध प्रशोधन, दूधको गुणस्तरीय परिक्षण, प्रशोधित दूध र दुग्ध जन्य पदार्थको विक्रिवितरण लगायतका काममा प्रदेश सरकारले सहकार्यको योजना बनाएको छ ।
पाउडर दुधका लागि नेपालगञ्जमा उद्योग स्थापनाको लागि दुग्ध विकास संस्थानले योजना बनाएको र त्यो योजनालाई अघि बढाउन संघीय सरकारलाई आग्रह गयरिएको छ । दुग्ध उत्पादक किसानलाई लक्षित गरेर सरकारले प्रतिफलमा आधारित अनुदान दिदै आएको छ । प्रति लिटर २ रुपैयाँ अनुदान दिदै आएको सरकारलाई अनुदान रकम बढाउन किसानले ध्यानकर्षण गराएका छन् ।