पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्या धेरै

काठमाण्डौं, २० असोज ।  पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । विभिन्न मनोसामाजिक कारणले गर्दा पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै रहेको अध्ययनहरूले देखाएका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो । गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपीडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा उहाँले गर्भवति र सुत्केरी महिलालाई मानसिक तनाव, उदासिनताजस्ता मानसिक समस्याहरूको जोखिम अझ धेरै हुने बताउनुभयो । उहाँका अनुसार विकसित देशहरूमा झन्डै १० प्रतिशत सुत्केरी महिलामा मानसिक समस्या देखिने गरेको छ । नेपालजस्ता न्यून आय भएका देशहरूमा २० प्रतिशत महिलालाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया