जुवा खेलीरहेको अवस्थामा ८ जना पक्राउ

दाङ,२० असोज । दाङमा  जुवा खेलीरहेको अवस्थामा प्रहरीले शुक्रबार ८ जनालाई पक्राउ गरेको छ । तुलसीपुर–१५ कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा तास खेलिरहेका तुलसीपुर–१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बलबहादुर बस्नेत, तुलसीपुर–१५ का ४९ वर्षीय सुवास धिताल, घोराही–१४ का ४० वर्षीय मधुकर बस्नेत, घोराही–१८ का २९ वर्षीय दिनेश बिक, घोराही–१५ का ३७ वर्षीय बसन्तराज अधिकारी र रोल्पाको रुण्टीगढी–२ का ४६ वर्षीय रुपलाल बिकलगायत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जुवाको खालबाट प्रहरीले एकलाख ७२ हजार पाँच सय ८५ रुपैयाँ नगद र तास दुई गड्डी तथा १६ थान कौडा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया