दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङ,१८ असोज । दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ६ कुलमोर निवासी ४६ वर्षीय मंगल कामी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही बजार नजिकै सडकमा रा.६ प ५४३० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाइ ठक्कर दिदा गम्भीर घाइते भएका कामीको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया