मनसुन अबधि नसकिदै ९० प्रतिशत पानी पर्‍यो

काठमाण्डौं, २२ भदौ ।  मनसुन अबधि एक महिना बाँकी हुँदा नै औषतको झन्डै ९० प्रतिशत वर्षा भएको छ । नेपालमा झन्डै चार महिना रहने मनसुन अबधिको औषत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो । तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ ।

नेपालबाट मनसुन बाहिरिने औषत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ । मनसुन अबधि एक महिना बाँकी नै रहेकोले यसअघि नै अनुमान् गरेअनुसार यस वर्ष औषतभन्दा धेरै वर्षा हुने सम्भावना बलियो रहेको विभागकी बरिष्ठ मौसमविद् विभूती पोख्रेलले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया