
रुकुम पश्चिम, १० श्रावन । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पहिरो खसेपछि हिजो बेलुकादेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बाग्लुङ, पोखरा र काठमाण्डौ आउने गाडी रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ ।।
प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार