आज सुनको भाउ २ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१० साउन । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर एक लाख ४५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया