
तुलसीपुर, ३ श्रावन । दाङको दंगीशरणमा १ सय २३ जनाको आँखाको निसुल्क मोतियाविन्दुको सल्लेक्रिया गरिएको छ । आर्थीक बर्ष २०८०/०८१ मा मात्रै पालिका भित्रका १ सय २३ जना आँखाको मोतियाविन्दु भएका विरामीको निसुल्क सल्लेक्रिया गरिएको दंगीशरण गाउँपालिकाका सूचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पालिकाले राप्ती आँखा अस्पताल रक्षाचौर दाङसँगको सहकार्यमा सो सेवा प्रदान गरेको हो । उक्त सेवा लिनेमा महिला ६७ जना र पुरुष ५६ जना रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले जानकारी दिनुभयो । यो कार्यक्रमका लागी पालिकाबाट अहिलेसम्म कति खर्च भएको भन्नेबारे खुलाइएको छैन ।।
प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार