
तुलसीपुर, ३१ जेठ । दाङको तुलसीपुरमा रहेको राप्ती प्र्रादेशिक अस्पतालमा झन्डै १ बर्ष अगाडीदेखी प्रशोधित शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । जसले गर्दा अस्पतालमा पुग्ने विरामी र विरामीका आफन्तलगाएतलाई धेरै सहज भएको छ । यो गर्मीको समयमा पनि पानी एकदमै चिसो हुनुका साथै सफा र स्वच्छ रहेको भन्दै सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । बाहिरबाट किन्नु पर्दा एक बोतल पानीलाई २५/३० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको अवस्थामा अस्पताल भित्रै निसुल्क रुपमा खानेपानीको व्यवस्था हुदा सहज भएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका हुन् ।
आजभोली गर्मी धेरै भएकाले धारामा प्र्रिmजमा राखे सरहको चिसो पानी आउने गर्छ भने हिउदमा फेरी तातो पानी आउने व्यवस्था गरिएको छ । हिजोआज अस्पतालको धारामा पानी भर्नेहरुको भिड लागेको हुन्छ । लाइनमा बसेर पालैपालो विरामीका आफन्तहरुले पानी भर्ने गरेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा पिउने पानी भेण्डीङ्ग मेशिन जडान गरी खानेपानीको व्यवस्था गरिएको अस्पताल प्रशासक ठान बहादुर केसीले जानकारी दिनुभयो । अस्पतालको अन्य सेवाप्रति गुनासो गर्ने सेवाग्राहीहरुले पनि अहिले निसुल्क चिसो पानी पाएपछी खुसी हुदै अस्पताललगाएत सम्पुर्ण टिमलाई धन्यबाद व्यक्त गरेका छन् ।।