फेरी मतगणना गर्न अदालतको आदेश

काठमाण्डौ, २ जेठ ।  तनहुँको ब्यास नगरपालिकामा फेरी मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । ब्यास नगरपालिकामा दुई वर्षअघि भएको पालिका चुनावको पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो । एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई हराउँदै कांग्रेसका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी हुनुभएको थियो ।

स्वतन्त्र उम्मेदवार जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो । २०७९ वैशाख ३० गते सम्पन्न मतदानमा कांग्रेसका न्यौपाने २ सय ५२ मतले विजयी हुनुभएको थियो । धाँधली भएको भन्दै जोशी पुनः मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुग्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया