नव निर्वाचित पदाधिकारीलाइ सपथ सँगै पदभार ग्रहण

तुलसीपुर,१ जेष्ठ ।
वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ सँगै पदभार ग्रहण गराईएको छ । गत वैशाख २२ गते समन्न १८ औं साधारणसभा तथा ८ औं अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई वैशाख ३१ गते एक कार्यक्रमको आयोजना गरी सपथ तथा पदभार ग्रहण सँगै प्रमाणपत्र वितरण गरिएको होे ।

जसको अध्यक्षमा पुनः४ औं कार्याकालका लागी खुमानन्द अधिकारी निर्विराध निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा इन्द्र बहादुर बुढाथोकी, महिला उपाध्यक्षमा शुस्मा गिरी, महासचिवमा शेषमनि रिजाल, सचिवमा राधेश्याम उपाध्याय, कोषाध्यक्षमा झग्गु प्रसाद गौतम, सह सचिवमा ध्रुव गौतम, सह कोषाध्यक्षमा गिता शर्मा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यसैगरी सदस्यहरुमा घनश्याम उपाध्याय, जागेश्वर भण्डारी, जाल्पा देवी दमाई, विक्रम सोमै, देवी डाँगी, रुद्रमनि शर्मा, गविन्द आचार्य, नारायणी रिजाल, मिथु ढकाल वली र रामसरी बस्नेत निर्विरोध निर्वाचित हुनुभएको थियो ।

निर्वाचन समितिका संयोजक गोपीनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन सहजीकरण समितिका संयोजक खिम प्रसाद खरेल, सदस्यहरु नारायाण प्रसाद शर्मा, नवराज रजौरे, निर्वाचन समितिका सदस्यहरु टिकाराम न्यौपाने, गुरु प्रसाद योगी लगाएतले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै आफ्नो जिम्वेवारी कुशलतापूर्वक निर्वाह गर्न पनि आग्रह गरेका थिए । निर्वाचन तथा निर्वाचन सहजीकरण समिति र वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुर दाङको आयोजनामा कार्यक्रम भएको थियो ।

यस्तै नव निर्वाचित पदाधिककारीहरुको वैठक बसी विभिन्न निर्णय समेत गरेको अध्यक्ष खुमानन्द अधिकारीले बताउनुभएको छ । वैठकमा ज्येष्ठ नागरिक सम्बन्धी बनेका ऐन, नियम कानुनलाई कार्यान्वयनमा गर्ने गराउनेमा जोड दिने निर्णय गरिएको छ भने निर्वाचन तथा निर्वाचन सहजीकरण समितिलाई धन्यावाद ज्ञापन समेत प्रदान गएिको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया