
तुलसीपुर, १६ फागुन । म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोकको बाह्रबिसेबाट आज बुधवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो । केही दिन अघि शर्मिला वाइबा, कलाकार पवन खतिवडा ‘म्याकुरी’की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि कुटपिट गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए ।
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार