
जाजरकोट,१४ फागुन । जाजरकोटको बारेकोट गाउँपालिकामा आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बारेकोट ९ खारीगाउँमा गोपाल जैसीको १७ महिनाकी छोरी नताशाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोषकुमार रोकाले जानकारी दिनुभएको छ ।
घरमा कोही नभएको वेला भान्सा कोठामा सुतेकी उनी एक्कासि चुल्होमा परेर गम्भीर घाइते भएकी थिइन्। मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार