
तुलसीपुर, १२ फागुन । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजमा होटल म्यानेजमेन्ट अध्यनरत विद्यार्थीहरुले आफुले बनाएका विभिन्न प्रकारका खानाहरु अभिभावक तथा शिक्षकहरुलाई खुवाएका छन । आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति बलेजले आज शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ कार्यक्रममा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाएका खानाका विभिन्न परिकारहरु खुवाएका हुन् । ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा ७ दिने तालिमको आज समापन गरिएको छ ।
सो अवसरमा बोल्दै आईएसटी कलेज काठमाडौंकी प्रमुख सम्झना बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहने बताउनुभयो । कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएकी बस्नेतले होटेल म्यानेजमेन्ट पढेका जो कोही पनि रोजगारी नपाएर भौतारिनु पर्ने अवस्था नआउने बताउनुभयो । ज्ञानज्थोती कलेजका प्रमुख सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो ।