दंगीशरणको दुर्गम बस्ती फुर्केसल्लीमा स्वास्थ्य सेवा पुगेपछी स्थानिय खुसी

तुलसीपुर, १२ फागुन ।  पश्चिम दाङको दुर्गम बस्ती फुर्केसल्लीमा स्वास्थ्य सेवा पुगेपछी स्थानिय खुसी भएका छन् । दंगीशरण गाउँपालिका १ मा पर्ने फुर्केसल्लीमा यसअघि कुनैपनि स्वास्थ्य संस्थाहरु नहुदा सामान्य उपचारका लागी घण्टौ पैदल हिडेर अन्यन्त्र जानुपर्ने बाध्यता थियो । विशेषगरी स्वास्थ्य सेवाका लागी बर्षौदेखी समस्या झेल्दै आएका फुर्केसल्लीबासीले सामान्य सिटामोलका लागी समेत प्राथामिक स्वास्थ्य केन्द्र रामपुर अथवा स्वास्थ्य चौकी हेकुलीसम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । अब गाउँमै सामुदायीक स्वास्थ्य इकाइ सञ्चालनमा आएसँगै उपचार सेवामा सहज हुने भन्दै स्थानियले खुसी व्यक्त गरेका हुन् । शुक्रबार गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामुदायीक स्वास्थ्य इकाईको नवनिर्मित भवनको विधिवत रुपमा उद्घाटन गरेसँगै फुर्केसल्लीमा स्वास्थ्य सेवा सुरु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै फुर्केसल्लीबासीलाई कुनै किसिमले विभेद नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फुर्केसल्लीको बारेमा आफुलाई राम्रो सँग जानकारी रहेको भन्दै उहाँले विकासका काममा क्रमैसँग अगाडी बढ्दै जाने बताउनुभयो । भोट हालेर जिताउनु नागरिकको कर्तत्य भएपनि जितेर गएपछी विकास गर्ने जनप्रतिनिधीको जिम्मेवमरी भएको कुरालाई ध्यानमा राखेर आफुले काम गरिरहेको उहाँको भनाई छ ।

सो अवसरमा बोल्दै वडा नम्बर १ का वडाअध्यक्ष रमेश भण्डारीले फुर्केसल्लीमा एकै बर्षमा ३ वटा विकासका कामहरु हुन थालेको बताउनुभयो । कतिपय गाँउहरुमा विद्युत बलिसकेको भन्दै वडा अध्यक्ष भण्डारीले केही स्थानमा विस्तारकै क्रममा रहेकाले त्यसलाई पनि छिटै पुर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा पनि सुरु भइसकेको र अब टावर पनि निर्माणकै क्रममा रहेकाले ठेकेदार सँग समन्वय गरेर यसलाई पनि तिव्र गतिमा अगाडी बढाउने उहाँले बताउनुभयो । जनप्रतिनिधीले चाहेर मात्रै सबै काम सम्भव नहुने भन्दै जनताको साथ सहयोग भएमात्रै विकास गर्न सकिने उहाँको भनाई छ । जनताका सल्लाह सुझावलाई मनन् गर्दै विकास निर्माणका काममा अगाडी बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले दंगीशरण १ मा एउटा स्वास्थ्य चौकी हुदाहुदै पनि फुर्केसल्लीका जनताको समस्यालाई मध्यनजगर गरेर अर्को स्वास्थ्य इकाइ स्थापना गरेको बताउनुभयो । स्वास्थ्य इकाइबाट सामान्य खालका सेवाहरु निसुल्क रुपमा पाइने भन्दै सहज रुपमा सेवा लिन सबैलाई आग्रह गर्नुभयो । आधारभुत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डे, १ नम्बरका वडा सचिव मन बहादुर खड्का, कार्यपालिका सदस्य मिना चौधरी लगाएतले आ–आफ्नो भनाई राख्नुभएको थियो । दंगीशरण गाउँपालिकाको आर्थीक बर्ष २०७९/०८० मा विनियोजन भएको १३ लाखमा भवन र ३ लाखमा सौचालय गरी झन्डै १६ लाख लगानीमा गत असारमा स्वास्थ्य इकाइको भवन निर्माण गरिएको थियो । सोही भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया